काठमाडौं उपत्यकामा ९ जनामा कोरोना संक्रमण , कुन जिल्लामा कति? (सूचीसहित)

काठमाडौं, असार ११ ।काठमाडौं उपत्यकामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं र भक्तपुर जिल्लामा ४/४ जना र ललितपुरमा १ जनामा कोरोना संक्रमण देखिएको हो ।काठमाडौंमा २ महिला, दुई पुरुष, भक्तपुरमा एक महिला, ३ पुरुष र ललितपुरमा एक जना पुरुषमा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए ।

यसैबीच नेपालमा विहीबार थप ४३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ११ हजार १६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या ११ हजार १६२ पुगेको जानकारी दिएका हुन् ।

डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३१२ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ हजार ६५० पुगेको छ । जसमध्ये १९ जना महिला र २९३ पुरुष रहेका छन् ।

कुन जिल्लामा कति थपिए ?

डा गौतमका अनु्सार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा झापाका एकजना पुरुष र सुनसरीका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा सप्तरीका ८ जना पुरुष, सुनसरीका २ महिला र २ जना पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका एक जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका ९ जना पुरुष, महोत्तरीका ५ जना पुरुष, सिराहाका एक महिला र एकजना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अछामका ४ जना महिला र ९ पुरुष, बैतडीका एकजना पुरुष, बझाङका ३ महिला र १३ पुरुष, बाजुराका २ जना महिला र २ जना पुरुष, डडेल्धुराका एकजना महिला र ११ पुरुष, कैलालीका २ जना पुरुष, कंचनपुरका ११ जना महिला र ४८ जना पुरुष, रौतहटका ३८ पुरुष र सर्लाहीका ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पाल्पाका ७ जना महिला र ८६ जना पुरुष, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा बाराका एकजना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पाटन अस्पताल ललितपुरको प्रयोगशालामा गरिएको परीक्षणमा डोल्पाका एकजना पुरुष, काठमाडौंका २ जना महिला र २ जना पुरुष, ललितपुरका एकजना पुरुष र सुनसरीका एकजना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै त्रिवि शिक्षण अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा भक्तपुरका एकजना महिला र ३ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा नवलपरासीका एकजना महिला र ४ जना पुरुष, तनुहँका २ जना महिला र ७ जना पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा बाग्लुङका २ जना पुरुष, म्याग्दीका एक महिला र ५ जना पुरुष र स्याङ्जाका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा नवलपरासीका ३ पुरुष, प्युठानका २ महिला र ५ जना पुरुष, पाल्पाका २८ पुरुष र रुपन्देहीका ४ महिला र ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा रुकुम पुर्वका एक जना पुरुष, बर्दियाका एकजना महिला र ५ जना पुरुष, सुर्खेत प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैतडीका एकजना पुरुष, बझाङका २ पुरुष, बाँकेका एकजना पुरुष, दैलेखका १ महिला र १७ जना पुरुष दार्चुलाका एकजना पुरुषमा कोरोना पुष्टि भएको छ ।

त्यसैगरी धादिङका एकजना पुरुष, इलामका एकजना पुरुष, जुम्लाका एकजना पुरुष, कैलालीका एकजना पुरुष, कालिकोटका एक महिला र २ जना पुरुष, कास्कीका एकजना पुरुष, लमजुङका एकजना पुरुष, सल्यानका एकजना पुरुष, र सुर्खेतका १३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कर्णालीस्वास्थ्य विज्ञान प्रतिष्ठामा गरिएको परीक्षणमा बैतडीका एकजना पुरुष, बाजुराका ४ जना पुरुष, बाँकेका ३ जना पुरुष, दैलेखका एकजना महिला,दाङका एकजना पुरुष, धादिङका एकजना पुरुष, गोरखाका २ जना पुरुष, गुल्मीका एकजना पुरुष, इलामका एकजना पुरुषमा कोरोना पुष्टि भएको छ ।

त्यस्तै जुम्लाका एकजना पुरुष, कंचनपुरका एकजना पुरुष, खोटाङका एकजना पुरुष, लमजुङका एकजना पुरुष, ओखलढुंगाका २ जना पुरुष, पाल्पाका एकजना पुरुष, रामेछापका २ जना पुरुष र ताप्लेजुङका ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७६ जिल्लामा संक्रमण देखिएको छ। रसुवाबाहेक देशका सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ ।

थप ३१२ जना कोरोना संक्रमणमुक्त

नेपालमा थप ३१२ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ हजार ६५० पुगेको छ ।

पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेमध्ये १९ जना महिला र २९३ पुरुष रहेका छन् ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो।

प्रतिक्रिया दिनुहोस्