नेकपा स्थायी कमिटी बैठक आज पनि बस्दै , मुख्य एजेण्डा एमसीसी

काठमाडौं, असार १२ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को स्थायी कमिटी बैठक आज बस्दै छ ।

बैठक बिहान ११ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने छ । बैठक अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा केन्द्रित हुने जनाइएको छ ।आजको बैठकका लागि विभिन्न ७ वटा एजेण्डा तय भएको नेकपा प्रवक्ताा नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

आजको बैठकमा सरकारको कामको समीक्षा, पार्टी एकता प्रक्रिया, अमेरिकी सहायता परियोजना ९एमसिसी० र अन्य विविध विषयमा छलफल हुने बताईएको छ ।नेकपाभित्र पछिल्लो समय अमेरिकी सहयोग परियोजना एमसीसीको विषयले विवदा चुलिएको छ ।पछिल्लो समय नेकपाभित्र बढ्दै गएको विवाद समाधानमा विषयमा छलफल हुने नेकपा नेताहरुले जनाएका छन् ।

यसअघि बुधबारको बैठकले विभिन्न ७ वटा एजेण्डा तय गरेको छ । जसमा वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षद्वयको सम्बोधन, कोभिड(१९ को नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान, सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र सांगठानिक एकताको बाँकी कामहरू सम्पन्न गर्ने, एमसीसी र विविध छन् ।

बैठकमा यीनै एजेण्डमाथि छलफल हुने महासचिव विष्णु पौडेलले बताए । यसैगरी बैठकमा रूकुम घटना, नागरिकता विधेयक र संघीय संसदका सदस्यहरूको भत्ताको विषयमा समेत छलफल हुने छ ।एमसीसीका परियोजना पारित गरिसक्नु पर्ने अन्तिम समय असार १६ रहेको भएपनि अझैसम्म नेकपाभित्रको विवाद सुल्झिन सकेको छैन ।

नेपाल सरकार र एमसीसीबीच सन् २०१७ सेप्टेम्बर १४ मा सम्झौता भएको थियो । एमसीसीको ५० करोड अमेरिकी डलर र नेपाल सरकारको १३ करोड अमेरिकी डलरमा अन्तरदेशीय विद्युत प्रसारण लाइन र सडक मर्मत परियोजना संचालन गर्नका लागि एमसीसी सम्झौता भएको हो ।

एमसीसी सम्झौतालाई लिएर सत्तारुढ नेकपाभित्र पनि भइरहेको छ । नेकपाले यसको अध्ययनका लागि वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्थायी कमिटी सदस्य भीम रावल सदस्य रहेको अध्ययन कार्यदल गठन गरेको थियो ।

कार्यदलले एमसीसी परिमार्जनसहित पारित गर्नुपर्ने प्रतिवेदन समेत बुझाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्