चीनमा ६.४ म्याग्नेच्युटको भूकम्प, दर्जनौं घरमा क्षति

 

काठमाडौं, असार १२ । चीनमा ६.४ म्याग्नेच्युटको भूकम्प गएको छ ।चीनको झिंजिंयाग इलाकाको युतियान क्षेत्र केन्द्रविन्दु भई आएको भूकम्पका कारण दर्जनौं घरहरुमा क्षति पुर्‍याएको छ ।

यद्दपी मानविय क्षतिको बिवरण भने आएको छैन ।यो भूकम्पको झट्का भारतसम्म महसुस गरिएको थियो ।

उइगर मुश्लिम समुदायलाई चीनले बन्दी बनाएको क्षेत्रमा भूकम्पको ठूलो धक्का लागेका कारण त्यहाँका सर्वसाधारणमा भागदौड मच्चिएको थियो ।

सोही क्रममा केही व्यक्ति घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्