कैलालीका २१ वडामा कांग्रेस नेत्री आर्जुको खानेपानी फिल्टर र स्वास्थ्य सामग्री सहयोग

धनगढी, असार १२ । नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवा यतिबेला क्वारेन्टाइनमा रहे‌काहरूको सहयोगमा लागि परेकी छन्। त्यो पनि सुगम क्षेत्रमा होइन्। सुदूरपश्चिमका विभिन्न क्वारेन्टाइनमा सहयोग गर्न जुटेकी हुन्।

लामो समयदेखि कहिले खाद्य सामग्री त स्वास्थ्य सामग्री वितरण गर्दै आएकी उनले केहि दिन पहिले मात्रै कैलालीका २१ वडामा रहेका क्वारेन्टाइनमा खानेपानी फिल्टर र स्वास्थ्य सामग्री बितरण गरेकी छन्।

ग्रामीण महिला विकास तथा एकता केन्द्र ९रुडुक० की संस्थापक अध्यक्ष रहेकी डा। राणाले रुडुक कैलाली शाखामार्फत सहयोग गरेकी हुन्। जोखिम नियन्त्रण गर्न बनाइएका धनगढी उपमहानरपालिका र कैलारी गाउँपालिकाका केही वडाका क्वारेन्टाइनमा खानेपानी फिल्टर र स्वास्थ्य सामग्री बितरण गरिएको रुडुक कैलालीकी कैलालीकी अध्यक्ष ममता शाहले बताइन्।

सरकारले क्वारेन्टाइनको उचित व्यवस्थापन गर्न नसकिरहेको अवस्थामा डा। राणाको पहलमा थोरै भए पनि नागरिको क्वारेन्टाइन बसाइ सहज होस भनेर सहयोग गरिएको अध्यक्ष शाहको भनाइ छ।

कोरोना नियन्त्रणका लागि स्थापना गरिएका क्वारेन्टाइनमा रहेकालाई शुद्ध पिउने पानीको सहजताका लागि सिल्भर फिल्टर तथा स्वास्थ्य सामग्री बितरण गरिएको रुडुक कैलालीकी महासचिव सुनिता रानाले बताइन्।

रुडुक कैलालीकी कोषाध्यक्ष प्रमिला लम्सालका अनुसार धनगढी उपमहानगरपालिकाका सबै वडा र कैलारी गाउँपालिकाका दुई वडाका क्वारेन्टाइनमा रहेकाहरूका लागि गम्छा, ब्रस, मञ्जन, नुहाउने साबुन, लुगाधुने साबुन, स्याम्पु, मास्क, मच्छर धुप र सेनेटरी प्याड प्रदान गरिएको छ।

खानेपानी फिल्टर २४ थान र ५१७ जनालाई स्वास्थ्य सामग्री बितरण गरिएको रुडुक महासचिव रानाले बताइन्। सबै सामग्री ग्रामीण महिला विकास तथा एकता केन्द्र ९रुडुक०की संस्थापक अध्यक्ष समेत रहेकी डा। राणा, रुडुककी केन्द्रीय अध्यक्ष सजनी आमात्य, नेपाली कांग्रेसका सभापती तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका पुत्र जयबिर सिंह देउवाको पहलमा उपलब्ध गराइएको रानाको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्