बुटवलमा सवारी दुर्घटनामा हुँदा दुई जनाको मृत्यु

काठमाडौं, असार १३ । पूर्व–पश्चिम राजमार्गअन्र्तगत बुटवल १० रामनगर धागो कारखाना नजिकै गएराति भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार रामनगरमा रोकी राखेको ना ६ ख ६२४ नम्बरको ट्रकमा बा १४ च ६८७९ नम्बरको छोटा हात्ती ठोक्कीन गई त्यसमा सवार २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि बुटवल ११ कालिकानगरका २१ वर्षिय शुशिल कुँवर र सियारी गाउँपालिका ६ अमुवाका २२ वर्षिय रोसन गुरुङको मृत्यु भएको हो ।

गुरुङको घटनास्थलमै र कुँवारको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो । छोटा हात्तिका चालक बुटवल–११ प्रतिनगरका २५ वर्षीय गोपाल दंगाल भने सामान्य घाइते भएका छन् ।

वडा प्रहरी कार्यालय रामनगरका प्रहरी निरिक्षक गोबिन्दप्रसाद रेग्मीले दुबै सवारी पश्चिमदेखि पूर्वतर्फ जाँदै गरेका र बाटैमा ट्रक बिग्रिएपछि रोकेर बनाउन लाग्दा पछाडीबाट आएको छोटा हात्ती ट्रकमा ठक्कर खादाँ दुर्घटना भएको बताए ।

छोटा हात्ती र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्