कहिले खुल्छ सेयर बजार ? आइतबार हुने छ निर्णय

काठमाडौं, असार १३ । नेपाल धितोपत्र बोर्डले आइ(भोलि) सेयर बजार कहिले र कसरी खोल्ने भन्ने निर्णय गर्ने भएको छ।

कारोना भाइरस ९कोभिड–१९० संक्रमणको जोखिमका कारण बन्द रहेको सेयर बजारको विषयमा आइतबार बस्ने बोर्डको सञ्चालक समितिले निर्णय गर्ने भएको हो।

बोर्डका सहप्रवक्ता रुपेश केसीले आइतबार बस्ने बोर्ड बैठकले यसबारे थप निर्णय गर्ने बताए।

मुलुकमा लकडाउन सुरु भएपछि सेयर बजार बन्द भएको थियो। बीचमा केही समय खुलेको शेयर बजार पुनः बन्द भएपछि यसलाई कसरी खोल्ने भन्ने विषय अध्ययन समिति गठन गरिएको थियो।

उक्त समितिले सेयर बजार कहिले खोल्ने, कसरी खोल्ने, समय कसरी मिलाउने भन्ने बारेमा प्रतिवेदन तयार गरको केसीले बताए। उक्त अध्ययन प्रतिवेदनको विषयमा आइतबारको बोर्ड बैठकमा छलफल हुँदैछ।

प्रतिक्रिया दिनुहोस्