नेकपा स्थायी समिति बैठकमा आज २१ नेताले बोले, अर्को बैठक १६ गतेसम्मका लागि स्थगित

काठमाडौं । नेकपा स्थायी समिति बैठक असार १६ गतेसम्मका लागि स्थगित भएको छ । आजको बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थित भएर केही समयमै फर्किएका थिए । सरकारी काम परेकाले ओली बैठकबाट केही समयमै बाहिरिनु परेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

नेकपाको बैठक बिहीबारदेखि सुरु भएको हो । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को आज बसेको स्थायी कमिटी बैठकमा पनि सीमा अथिक्रमणका विषयमा छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सचिवालय सदस्य द्वय ईश्वर पोखरेल र बामदेब गौतम लगातयत १० जना स्थायी कमिटी सदस्यले आआफ्नो धारणा राखेका छन् ।

अधिकांशले भारतले नेपाली भूमी आफ्नो नक्सामा सुरुमा राखेर समस्या व्युँत्याएको भन्दै यसको दीर्घकालीन समाधान कुटनीतिक तवरवाट खोज्नु पर्नेमा जोड दिएका छन् । वार्ताका माध्यमबाटै नेपाली भूमीममा रहेको भारतीय सेनालाई फिर्ता पठाएर सार्वभौम नेपालको सन्देश तत्काल दिनसक्नु पर्नेमा उनीहरुको जोड छ ।

प्रतिक्रिया दिनुहोस्