सुनको मूल्यले तोड्यो नयाँ रेकर्ड, प्रतितोला कति ?

काठमाडौं, असार १४ । सुनको मूल्यमा फेरि वृद्धि भएको छ । आइतबार सुनको मूल्य प्रतितोला ९१ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

आज एकैदिन सुन सात सयले वृद्धि भएको हो । शुक्रबार सुनको मूल्य ९० हजार ६ सयमा कारोबार भएको थियो ।

चाँदीको मूलयमा भने आज पाँच रुपैयाँले वृद्धि भएको छ । आज चाँदी ९ सय ५४ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्