नेपाल प्रवेश गरेको सलह किरा काठमाडौं उपत्यकामा पनि देखियो

काठमाडौँ, असार १४ । शनिबार नेपाल प्रवेश गरेको सलह किरा काठमाडौं उपत्यकामा पनि देखिएको छ । शनिबार तराईका विभिन्न जिल्लामा देखिएको सलह किरा आइतबार काठमाडौं उपत्यकामा पनि देखिएको विज्ञहरुले बताएका छन् ।

सलह किरा मकवानपुरबाट ललितपुरको प्युटारलगायतका विभिन्न स्थानमा देखिएको छ । नेपालमा प्रवेश गरेको सलहको झुण्ड सानो भएकाले सतर्क रहन तर धेरै नआत्तीन विज्ञहरुले सुझाव दिएका छन् ।

नेपालमा सलहले पार्न सक्ने प्रभाव र रोकथामबारे रणनीति तयार पार्न कृषि मन्त्रालयमा कृषि तथा पशुपक्षी विज्ञहरुको बैठक बसेको थियो । कृषिमन्त्री घनश्याम भुसालको अध्यक्षतमा बसेको बैठक सकिए पनि प्रदेश सरकार, किसानलाई के सूचना दिने र कसरी व्यवस्थापन गर्ने सन्दर्भमा प्राविधिक टोलीको बैठक जारी छ ।

हिजै प्रदेश ५ सरकारले भने राति बास बसेका सलह किरा संकलन गरी बुझाएमा प्रतिकिलो २० रुपैयाँ दिने जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्