उदयपुरमा चट्याङ लागेर एक युवकको मृत्यु

काठमाडौं, असार १४ । उदयपुरमा चट्याङ लागेर थप एकजनाको मृत्यु भएको छ ।

योसहित उदयपुरमा चट्याङ लागेर मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

शनिबार साँझ वर्षासहित परेको चट्याङबाट घाइते भएका चौदण्डीगढी नगरपालिका–५ का १८ वर्षीय दिपेश मगरको आइतबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकाक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

खेतमा काम गर्नेक्रममा चट्याङ पर्दा उनी गम्भीर घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्