सिद्धार्थ इन्स्योरेन्स आर्थिक वर्षको बीमा शुल्क १ अर्व ८६ करोड बढी आर्जन गर्न सफल

काठमाडौं– सिद्धार्थ इन्स्योरेन्स कम्पनीले विभिन्न बीमा व्यवसाय अन्तर्गत रु।१ अर्व ८६ करोड २१ लाख ६१ हजार बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

असार १३ गते शनिबार कम्पनीको १८औं वार्षिक साधारण सभामा कम्पनी सञ्चालक समितिका अध्यक्ष रतनलाल केडियाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण प्रस्तुत गरेका थिए ।

उक्त सभामा अध्यक्ष केडियाले आ।व। २०७५र७६ मा कम्पनीले विभिन्न बीमा व्यवसाय अन्तर्गत रु।१ अर्व ८६ करोड २१ लाख ६१ हजार बीमा शुल्क आर्जन गरेकोे जानकारी गराएका हुन् ।

सभाले आगामी ४ वर्षको लागि सर्वसाधारण शेयरधनीहरुको तर्फवाट सुमित कुमार केडियालाई सञ्चालक पदमा र्निविरोध निर्वाचित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्