विभिन्न जिल्लामा फैलिदै सलह किरा: नआत्तिन र सतर्क रहन मन्त्री भुषालको आग्रह

काठमाडौं , असार १५ । अफ्रिकाबाट भारत हुँदै शनिबार नेपाल प्रवेश गरेको सलहले ठूलो क्षति पु¥याउन नसक्ने बताइएको छ । सर्लाही, पर्सा, रुपन्देही, कपिलवस्तु, पाल्पा, सिन्धुली, चितवन, रामेछापलगायत जिल्लासम्म सलह पुगे पनि यसले आइतबार साँझसम्म खासै क्षति गरेको छैन । तीनै तहका सरकारको समन्वयमा नियन्त्रण प्रयास अगाडि बढाइएको छ ।

यसैबीच यता कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुषालले सिन्धुली लगाएतका देशका विभिन्न जिल्लाहरुमा सलह किरा प्रवेश गरेको बताउदै त्यसको रोकथाम र नियन्त्रणका लागि सचेत, सर्तक रहन आग्रह गरेका छन् ।

प्रेस संगठन नेपाल सिन्धुलीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भुसालले वारा, पर्सा र रौतहट, सर्लाही र कपिलवस्तु जिल्लामा देखिएको सलह किरा पहाडी जिल्ला सिन्धुली र काभ्रेबाट अगाडि बढिरहेको बताए ।

मन्त्री घनश्याम भुसालले सलहदेखि नआत्तिन र सतर्कका साथ कृषि पेशामा क्रियाशिल रहन किसानहरुलाई आग्रह गर्नुभयो ।

नेपालमा सलह प्रवेश गर्न नसक्ने अनुमान गरिएता पनि हावाको बहावका कारण यो किरा नेपाल भित्रिएको र यसले पार्ने असर अहिले नै अनुमान गर्न नसकिने बताए ।

कार्यक्रममा मन्त्री धनश्याम भुसालले संरक्षित कृषि, समुन्नत विकास को अवधारणाबाट कृषिको विकास गरिने बताउनु हुदै संरक्षित क्षेत्रका रुपमा कृषिलाई अगाडि बढाउने गरि मन्त्रालयले योजना बनाएकोबताए ।

तीन वर्षमा नेपाललाई खाद्यान्न, दुध, माछा, मासु र तरकारी उत्पादनमा आत्म निर्भर बनाई सबै नागरिकले प्रयाप्त, पोसिलो र गुणस्तरीय खाना खान पाउने वातावरण बताए ।तराईका जिल्लामा शनिबार दिउँसो पहिलो पटक देखा परेका सलहका बथान एकै दिनमा भित्री मधेश र पहाडका केही जिल्लाहरुमा फैलिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्