सेयर बजार: सात कम्पनीको सेयर सर्किट

काठमाडौं, १५ असार । बल्ल तल्ल ९८ दिनपछि कारोबार सुरु भएको सेयर बजार केहि समय ओरालो लागेता पनि न्यूनतम बिन्दुलाई छोएर उकालो लागेको छ । सोमबार कारोबार सुरु भएको पहिलो ४० मिनेटमा बजार झन्नै ५० अंक घटेर नकारात्मक सर्किटमा ब्रेक लागेको थियो । नकारात्मक सर्किटपछि केही समय बन्द भएर पुनः कारोबार सुचारु भएसँगै सेयर बजारको घट्ने क्रम रोकिएको थियो । त्यसपछि निरन्तर बजार बढ्दै गिरावट दर शून्यको नजिक पुगेको थियो । तर कारोबारको अन्तिम आधा घण्टा बजारले पुनः नकारात्मक गतिलाई समातेपछि परिसूचक १२.८७ अंकले घटेर बन्द भएकोछ ।

सोमबारको कारोबारपछि सेयर बजार ११८८.७० विन्दुमा झरेको छ । सोमबारको कारोबारमा ३४ करोड ७७ लाख रुपैंया बराबरका ९ लाख ७० हजार कित्ता सेयर किनबेच भएको छ । यो दिन बैंक तथा विकास बैंक समूहले सबैभन्दा बढी गुमाए भने व्यापारमूलक समूहले सबैभन्दा बढी कमाए । आजको कारोबारमा नागरिक लगानी कोष, हिमालयन डिस्टिलरी, नेपाल इन्भेष्टमेन्ट बैंकका सेयररहरु सकारात्मक सर्किट लागेका छन् भने स्वावलम्वन लघुवित्त, नेपाल पुनर्बीमा कम्पनी, आशा लघुवित्त, इन्फिनिटी लघुवित्तको सेयरमा नकारात्मक सर्किट ब्रेकर लागेको छ ।

सामान्यतया महामारीपछि स्टक बजारहरु निरन्तर नकारात्मक दिशामा जान्छन् या् स्वभाविक पनि हो । तर विश्वभर फैलिएको कोरोना भाइरसको असर नेपालका सेयर बजारमा अब प्रभाव नपर्ने होकि भन्न संकेत आजको कारोबारले देखाएको छ । यो हिसाबले कोरोना महामारीको प्रभाव ११५० को विन्दुमा रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्