भारतमा कोरोनाः पछिल्लो २४ घण्टामा थपिए साढे १८ हजार संक्रमित, ४१८ को मृत्यु

काठमाडौं, असार १६ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरस ९कोभिड(१९० का १८ हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १८ हजार ५२२ नयाँ संक्रमित फेला परेका हुन् । यससँगै भारतमा समग्र कोरोना संक्रमितको संख्या पाँच लाख ६६ हजार ८४० पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट ४१८ जनाको मृत्यु भएको छ । यससँगै भारतमा समग्रमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि १६ हजार ८९३ पुगेको छ ।

भारतमा अहिले दुई लाख १५ हजार १२५ संक्रमित निको निको हुन बाँकी छन् भने तीन लाख ३४ हजार ८२२ संक्रमित निको भइसकेका छन् । मंगलबार इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च ९आईसीएमआर०ले दिएको जानकारी अनुसार २९ सोमबारम्ममा भारतमा कोभिड(१९ का ८६ लाखभन्दा धेरै नमुना परीक्षण गरिएको छ । सोमबार एकैदिन दुई लाखभन्दा धेरै परीक्षण गरिएको बताइएको छ ।बीबीसी

प्रतिक्रिया दिनुहोस्