अब प्रतिदिन १० हजार पीसीआर परीक्षण गर्नेगरी काम अघि बढ्छ : स्वास्थ्यमन्त्री ढकाल

काठमाडौं , असार १६ । कतिपय ठाउँमा क्वारेन्टिनको मापदण्ड असतव्यस्त जस्तै छ । क्वारेन्टिन त्यति व्यवस्थीत छैनन् भने पीसीआर परीक्षणको दायरा पनि निकै सुस्त रहेको जनगुनासो आएको छ । यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले क्वारेन्टिनको मापदण्ड सुधार गर्दै पीसीआर परीक्षणको दायरा बढाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

कांग्रेसले गठन गरेको कोरोनापछिको उत्पन्न परिस्थितिको अनुगमन समितिका संयोजक तथा पार्टीका सहमहामन्त्री प्रकाशशरण महतको नेतृत्वको टोलीले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेटेरै ध्यानाकर्षण गराएका हुन् ।

काँग्रेसले क्वारेन्टिन मापदण्ड अनुसार नरहेको, पीसीआर परीक्षणले ब्यापकता पाउन नसकेको, कोरोना बाहेक अन्य स्वास्थ्य समस्या भएका विरामीले सुविधा पाउन नसकेको, खरिद प्रकृया अपारदर्शी भएको र केन्द्रले स्थानीय तहलाई आवश्यक रकम समेत नदिएको विषयमा ध्यानाकर्षण गराएको हो ।

यता मन्त्री ढकालले प्रतिदिन १० हजार पीसीआर परीक्षण गर्नेगरी काम अघि बढाएको बताएका छन् । उनले बाहिर समाचार आएजस्तै अनियमितता नभएको र त्रुटी भए छानविनका लागि तयार रहेकोसमेत स्पष्ट पारे । तर मन्त्रीले जे जस्तो भने पनि बाहिर भने समस्या जीउका तिउ नै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्