स्वदेश फर्कने कार्य जारी, मलेसियाबाटै मात्र साढे सात हजार

काठमाडौं, असार १६। रोजगारीका लागि नेपालीहरूको रोजाइमा पर्ने देश मलेसियाबाट पनि नेपालीहरू स्वदेश फर्कने कार्य जारी छ । मलेसियामा रहेको नेपाली राजदूतावासले जुलाई १ देखि १० सम्म गर्ने ९ वटा चार्टर फ्लाइटको सूची सार्वजनिक गरेको छ ।

नेपाल एयरलायन्सले ५ मलिन्दो एयरले २ र हिमालयन एयरलाइन्सले २ वटा उडान गर्ने मलेसियामा रहेको नेपाली नेपाली दूतावासले विज्ञप्तिमार्फत् जनाएको छ ।

जुलाई २ मा नेपाल एयरलाइन्स र मलिन्दो एयरलाइन्सले, जुलाई ३ मा मलिन्दो एयरलाइन्सले, जुलाई ४ मा नेपाल एयरलाइन्सले, ६ मा हिमालयन एयरलायन्सले, ७ मा नेपाल एयरलायन्सले, ८ मा हिमालय एयरलाइन्सले र जुलाई ९ र १० मा पनि नेपाल एयरलाइन्सले नै उडान भर्ने तालिका दूतावासले सार्वजनिक गरेको हो ।

नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सको भाडा दर ४५ हजार १ सय छ भने मलिन्दोको भाडा दर भने १५ सय मलेसियन रिंगिट अर्थात् करिब ४२ हजार ५ सय नेपाली रुपैयाँ भाडा तोकेको छ ।

मलेसियामा ७ हजार ३७५ जनाले स्वदेश फर्कनका लागि दूतावासमा आफ्नो विवरण टिपाएका छन् भने फिलिपिन्स र ब्रुनाइमा १८९ जना र इन्डोनेसियामा रहेका ९ नेपालीले स्वदेश फर्कनका लागि आफ्नो विवरण दूतावासमा बुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्