स्पेनिस ला लिगा फुटबल : जित्नै पर्ने दबाबमा बार्सिलोना

काठमाडौं, असार १६ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत मंगलबार राति विभिन्न तीन खेल हुँदैछन् । आज हुने खेलमा दोस्रो स्थानको बार्सिलोनाले एट्लेटिको मड्रिडसँग प्रतिस्पर्धा गर्दैछ । बार्सिलोनाको घरेलु मैदानमा हुने खेल नेपाली समयअनुसार राति १: ४५ मा सुरु हुनेछ ।

यो सिजन लिग उपाधि जित्ने योजना बनाएको बार्सिलोनाले आजको खेलमा जित निकाल्नै पर्नेछ । उता तेस्रो स्थानमा रहेको एट्लेटिको मड्रिड पनि आजको खेलमा जित निकाल्दै आफूलाई पनि लिग उपाधिको दावेदार बनाउने योजनामा छ ।

३२ खेल खेलेको बार्सिलोना ६९ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । ७१ अंक भएको रियल शीर्ष स्थानमा रहँदा ५८ अंक रहेको एट्लेटिको तेस्रो स्थानमा छ ।

आज नै हुने अर्को खेलमा मालोर्काले सेल्टा भिगोसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार राति ११स्१५ बाट सुरू हुनेछ । त्यस्तै लेगानेसले सेभियासँग प्रतिस्पर्धा गर्नेछ । खेल १२स्१५ मा सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्