स्वास्थ्यकर्मी ओलीको निधनप्रति सहपाठिद्वारा दुःख व्यक्त

काठमाडौं, असार १६ । स्वास्थ्यकर्मी लक्ष्मी ओलीको निधनप्रति उनका सहपाठिहरूले गहिरो दुःख व्यक्त गरेका छन्। तुलसीपुर– ५ दाङ निवासी ओलीको असार १४ गते असामयीक निधन भएकोभन्दै त्रिभुन शिक्षण अस्पतालको जनस्वास्थ्य विभागमा अध्ययनरत विद्यार्थीहरूले दुःख व्यक्त गरेका छन्।

उनी त्रिविको जनस्वास्थ्य विभागमा अध्ययनरत पूर्व विद्यार्थी हुन्। २९ वर्षको कलिलो उमेरमा निधन भएकोभन्दै उनका सहकर्मीहरूले सम्बेदना अर्पण गरेका छन्।

सोक वक्तव्य जारी गर्दै दिगम्वत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति इश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन भनिएको छ।

प्रतिक्रिया दिनुहोस्