अफ्ठेरोमा प्रधानमन्त्री : बिहानै बोलाए मन्त्री र नेतालाई बालुवाटार , गम्भीर कदम चाल्ने संकेत !

काठमाडौं , असार १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदका केहि सदस्यहरुलाई बालुवाटार बोलाएका छन् । प्रधानमन्त्री ओलीले आफू निकटका मन्त्री तथा स्थायी समिति सदस्यहरुलाई छलफलका लागि प्रधानमन्त्री निवास बालुवाटार बोलाएका हुन् ।

हिजो स्थायी समिति बैठकमा अधिकांश सदस्यहरुले प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजिनामा दिनुपर्ने माग गरेपछि छलफल गर्न आफूनिकट मन्त्री र सदस्यलाई बोलाएको बालुवाटार स्रोतले जनाएको छ ।

पार्टीको स्थायी समिति बैठकमा शीर्ष नेतासहित १७ जनाले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन माग गरेपछि प्रधानमन्त्री ओलीले बिहानै राजनीतिक परामर्शका लागि भन्दै मन्त्रीहरुलाई बोलाएका हुन् । दुवै पदवाट राजीनामा दिनुपर्ने माग उठेपछि प्रधानमन्त्री अफ्ठेरोमा परेका छन् ।नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, सचिवालय सदस्यहरु माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीमा अहम र दम्भ बढेको र पार्टीका नेताहरुलाई नै आरोपित गर्ने काम भएको भन्दै पदवाट राजीनामा दिन माग गरेका थिए ।

पार्टीभित्र चर्को आलोचना बढेसंगै प्रधानमन्त्री ओलीले गम्भीर कदम चाल्ने संकेत गरेका छन् ।

हिजोपनि स्थायी समिति बैठक अगाडि ओलीले राष्ट्रपति विद्या भण्डारीसँग छलफल गरेका थिए । पूर्व माओवादी र पूर्व एमालेका केही मन्त्रीहरुले सामुहिक राजीनामा दिने तयारी गरेको चर्चासंगै प्रधानमन्त्रीले निकटस्थत मन्त्रीहरुसंग परामर्श गर्न लागेको स्रोतको दावी छ ।

प्रतिक्रिया दिनुहोस्