आज पवित्र हरिशयनी एकादशी: घर आँगनमा तुलसीको विरुवा रोपिंदै, यस्तो छ शास्त्रीय मान्यता

पार्वती पाठक, काठमाडौं , असार १७ । आज हरिशयनी एकादशी! मानव जीवनमा निकै महत्वपूर्ण मानिने बनस्पती तुलसीको बिरुवा आज घर–घरमा रोपिदैछ ।आषाढ शुक्ल एकादशीका दिन तुलसी रोप्ने प्रचलन रहँदै आएको छ । हिन्दू धार्मिक मान्यताअनुसार आजदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्ने भएकाले यस एकादशीलाई हरिशयनी एकादशी भनिन्छ ।तुलसीलाई भगवान् विष्णुको स्वरुपका रूपमा लिइन्छ ।

यस्तो छ शास्त्रीय मान्यता

हरिबोधनी एकादशीमा भगवान् विष्णु जाग्ने शास्त्रीय मान्यता छ । वैज्ञानिक रुपमा पनि तुलसीबाट धेरै अक्सिजन पाइने तथ्य प्रमाणित भएको छ ।घर आँगन तथा मठमा रोपिने तुलसीको विरुवालाई आगामी चार महिनासम्म नित्यपूजा गरी हरिबोधनी एकादशीका दिन साङ्गे गर्ने शास्त्रीय परम्परा छ ।

आजको एकादशीमा पूजा अर्चना र व्रत बस्नाले सम्पूर्ण पापको मोचन हुने र सुकर्म फल प्राप्त हुने विश्‍वास रहिआएको छ।आज बिहानदेखि नै काठमाडौँको बूढानीलकण्ठस्थित नारायणस्थान, उपत्यकाका चार नारायण मन्दिरलगायत देशभर रहेका विष्णु मन्दिरमा पूजाआजा तथा धार्मिक अनुष्ठानका लागि भक्तजनहरु पुगेका छन् । यो पटक लकडाउन भएकाले विगतमा जस्तो मन्दिरमा भिडभाड भने कम रहेको छ ।

आजको एकादशीमा पूजा अर्चना र व्रत बस्नाले सम्पूर्ण पापको मोचन हुने र सुकर्म फल प्राप्त हुने विश्‍वास रहिआएको छ।ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा राखिएको तुलसीको दलको बिरुवा आज घरघरमा रोपिन्छ ।

चतुर्माससमेत भनिने चार महिनाको अवधिमा व्रत बस्ने भक्तजनले साउनमा साग, भदौमा दही, असोजमा दूध र कात्तिकमा दुई दल भएर उम्रने गेडागुडी खानु नहुने शास्त्रीय नियम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

यस अवधिमा पर्ने आठवटा एकादशीमा भगवान् विष्णुको विशेष उपासना गरी एकादशी महात्म्यको पाठ पारायण गरिन्छ । चतुर्मासमा वृहस्पति र शुक्र अस्त भएपनि व्रत गर्नुपर्ने शास्त्रीय वचन रहेको छ ।

यस दिन अघिल्ला बर्षहरुमा बिहानदेखि नै काठमाडौँको बूढानीलकण्ठस्थित नारायणस्थान, उपत्यकाका चार नारायण मन्दिरलगायत मुलुकभर रहेका विष्णु मन्दिरमा पनि पूजाआजा तथा धार्मिक अनुष्ठानका लागि भक्तजनको भीड लाग्ने भएको भएपनि यस बर्ष कोरोना महामारीका कारण यस अघि जस्तो भिड नहुने भएको छ ।

किन रोपिन्छ तुलसीको विरुवा ?

हरेक हिन्दुहरुको घर अगाडि तुलसीको मठ अनिवार्य बनेको छ ।घर अगाडि मठ बनाएर तुलसीको विरुवा रोप्ने हिन्दुहरुको सनातनी परम्परा समेत हो ।हिन्दुहरुले तुलसीलाई भगवान् विष्णुको प्रतिकको रुपमा पूजा गर्दछन् ।तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ।तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ ।तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण वैदिक सनातन हिन्दु धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन्।तुलसीको पूजा गर्नुको मूल उद्देश्य वैज्ञानिक कारण नै हो ।

आयुर्वेदका अनुसार तुलसीको बोटबाट निस्कने हावाले किरा फट्यांग्रालाई धपाउँछ ।तुलसीको बोटबाट निस्कने विशेष प्रकारको गन्धका कारण कुनै पनि प्रकारका जीवाणु लामखुट्टे, झिंगा आदि किराहरु यसका नजिक पर्न सक्दैनन् ।किराफट्यांग्राले घर आँगनमा प्रवेश गर्न नपाउन् ,घरवरपरको वातावरण शुद्ध होस् तथा किराहरुकोको टोकाइबाट बच्ने जस्ता घर शुद्धिकरण गर्ने धार्मिक पद्धतिहरु महर्षिहरुले ९त्यसबेलाका वैज्ञानिक० बनाएका थिए ।तुलसीको पात टिप्दा निम्न मन्त्र पढ्ने हाम्रो हिन्दु परम्परा रहेको छ ।

औषधीय महत्व र व्यवसायिक खेती
खासमा तुलसी पाँच प्रकारका छन । यद्यपि, श्याम र श्वेत नामक तुलसी प्रायः जताततै पाइन्छ । यी दुई तुलसी स्वास्थ्यका दृष्टिले एकदमै फाइदाजनक छन । तुलसीको पातमा औषधीय गुणहरू भरपूर हुन्छन् । हिन्दूहरू घरमा तुलसीको मोठ बनाएर पूजा गर्छन् । तुलसीमा बिरुवामा अनेकौं रोग निको पार्ने क्षमता भएकाले यसलाई पूजा गरिएको हुनुपर्छ । विभिन्न अध्ययनहरूले तुलसीका पातको प्रयोग रुघाखोकी, पेटदुखाइ, आँखाका समस्या, मधुमेह, कोलेस्ट्रोल, माइग्रेन, अवसाद लगायतका अनेकौं रोग निको पार्नका लागि गरिने देखाएका छन् । तुलसीका पातमा एन्टीब्याक्टेरियल, एन्टीफंगल र एन्टीबायोटिक गुणहरू हुन्छन् । यसकारण यसको प्रयोग रुघाखोकी र ज्वरोलाई कम गर्नका लागि गरिन्छ । आयुर्वेदअनुसार तुलसीको काँढा बनाएर पिउँदा ज्वरो घट्छ ।आयुर्वेद विज्ञानले तुलसीको पात प्रायः ज्वरो आउँदा, सामान्य ठण्डी हुँदा, कफ आउँदा र जिब्रोमा समस्या आउँदा औषधिको रुपमा प्रयोग गर्न सकिने बताएको छ ।१६ सेप्टेम्बरमा प्रत्येक वर्ष विश्व ओजन डे मनाउँदा केही वातावरण सम्बन्धी संस्थाले ठूलो मात्रामा तुलसीको बिरुवा वितरण गर्दै आइरहेको कुराले पनि हाम्रो धार्मिक परम्परा वैज्ञानिक थियो भन्ने प्रष्ट हुन्छ ।तुलसीलाई आयुर्वेदिक दृष्टिले औषधिका रुपमा समेत उपयोग गरिन्छ ।वैज्ञानिक रूपमा पनि तुलसीबाट धेरै अक्सिजन पाइने तथ्य प्रमाणित भएको छ। तुलसीलाई आयुर्वेदिक दृष्टिले औषधिका रूपमा समेत उपयोग गरिन्छ ।

आउन लागेको संकटबारे दिन्छ जानकारि

हिन्दू धर्मका अनुसार तुलसीले घरको अवस्था बारेसमेत जानकारी दिने छ । तपाईको घर, परिवार या तपाईंमाथि कुनै पनि संकट आउन लागेको छ भने त्यसको सवैभन्दा पहिलो असर घरमा रोपिएको तुलसीको बोटमा पर्न जान्छ । तुलसीको बोटमा आएको परिवर्तनले तपाईको पारिवारिक वा व्यक्तिगत जीवनमा केही समस्या आउने नआउने विषयबारे जानकारी हुनसक्छ । पुराणहरुमा तुलसीको निकै महत्व रहेको जनाइएको छ ।

 

स्वर्गमोक्षप्रदा ह्येषा शरीरारोग्यदायिनी।
कलत्रसुतदा ह्येषा धनमित्रप्रदायिनी।।
न गङ्गा न गया राजन् न च काशी च पुष्करम्।
न चापि कौरवं क्षेत्रं पुण्यं भूपहरेर्दिनात्।।

प्रतिक्रिया दिनुहोस्