सेयर बजार : बुधबार ६ प्रतिशतले बढ्यो, डेढ घण्टामा नै कारोबार बन्द

काठमाडौं, असार १७ । बुधबार सेयर बजार ६ प्रतिशतले बढेको छ ।कारोबारको सुरु देखि नै बढेको बजार डेढ घन्टामा नै ६ प्रतिशतले बढेको हो ।

बजार खुलेको डेढ घण्टाभित्रै ६ प्रतिशत अर्थात ७५.७७ अंकले परिसूचक बढेपछि आजको शेयर बजार बन्द भएको छ। पहिलो १३ मिनेटमा ४ प्रतिशतले बढेको थियो भने ३५ मिनेटमा पाँच प्रतिशतले बढेको थियो ।

४० मिनेट पछि खुलेको बजार ६ प्रतिशतले बढेपछि आजको लागि शेयर कारोबार बन्द भएको हो । लक डाउनपछि खुलेको शेयर बजार पहिलो दिन सोमबार करिब १३ अंकले गिरावट आएको थियो ।

मंगलवार पनि ६ प्रतिशतभन्दा बढीले वृद्धि हुँदा निर्धारित कारोवार समय अगाडी नै सर्किट ब्रेक लागेर बजार बन्द भएको थियो । आज पनि सर्किट ब्रेक लाग्दा चार घण्टासम्म हुने शेयर कारोवार डेढ घण्टामा नै भएको छ ।

बुधबारको कारोबारमा सिटिजन बैंकको कारोबार १० प्रतिशतले वृद्धि भई सर्किट ब्रेक लागेको छ । त्यस्तै साना किसान विकास बैंक, नागरिक लगानी कोष लगायत कम्पनीको सेयर मूल्य पनि १० प्रतिशत हाराहारीमा वृद्धि भएको छ ।

आज १३५ वटा कम्पनीको कारोबार भएको हुँदा ६ वटा कम्पनीको सेयर मूल्य घटेको छ । करिब १२ लाख कित्ता शेयर ४० करोड ७३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये होटल समूह बाहेक सबै समूहमा उच्च अंकको वृद्धि भएको छ ।

१५३ कम्पनीको ११ लाख १ हजार २ कित्ता सेयर ४० करोड ७३ लाख ५२ हजार २४७ रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्