मन्त्रिपरिषदले गर्यो बजेट अधिवेशन स्थगित गर्ने निर्णय

 

काठमाडौं , असार १८ । मन्त्रिपरिषदको बैठकले बजेट अधिवेशन स्थगित गर्ने निर्णय गरेको छ ।विहीबार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको मन्त्रिपरिषदको बैठकले बजेट अधिवेश स्थगित गर्ने निर्णय गरेको हो।
विहीबार बेलुका पाँच बजेदेखि लागु हुने गरी संसदको चालु अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरिएको छ ।

बैठक अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शितल निवास पुगेर भेटेका थिए ।

प्रतिक्रिया दिनुहोस्