म्यानमारको एक रत्न खानीमा पहिरो जाँदा ११३ जनाको मृत्यु

काठमाडौं, असार १८ । म्यानमारको एक बहुमूल्य रत्न खानीमा पहिरो जाँदा कम्तीमा ११३ जनाको मृत्यु भएको छ ।उत्तरी क्षेत्रको काची राज्यमा रहेको रत्न खानीमा भारी वर्षापछि आएको पहिरोले पुरिएर उनीहरुको मृत्यु भएको हो ।

रत्न टिप्न पुगेकाहरुलाई पहिरोसँगै आएको माटोले बगाएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।पहिरोमा हराइरहेकाहरुको खोजी भइरहेको छ ।रत्न खानीका लागि प्रख्यात म्यानमारमा वर्षेनि हुने यस्ता घटनामा सयौंको मृत्यु हुने गरेको छ ।

ठूलो वर्षापछि माथिबाट माटो बग्दा उक्त खानीमा बहुमूल्य रत्‍न ‘जेड’ खोज्‍न गएका मानिसहरू पुरिएको आपत्कालीन उद्धारकर्मीले जनाएका छन् । म्यान्मार जेडको प्रमुख स्रोत हो । तर त्यहाँका खानीहरूमा बारम्बार दुर्घटनाहरू हुने गरेका छन् ।

म्यान्मारले प्रत्येक वर्ष ३० अर्ब डलरभन्दा बढी रकमको कारोबार गर्छ ।गत वर्ष भएको भएको खानी दुर्घटनामा १०० जनाभन्दा बढीको मृत्यु भएको थियो । सन् २०१५ मा कचिनै पनि रत्‍न खानीमा पहिरो जाँदा ९० जना पुरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्