गुल्मी पहिरोमा पुरिएर १८ महिनाकी शिशुसहित दुईजनाको मृत्यु, एक बेपत्ता

काठमाडौं, असार १९ । गुल्मीमा पहिरोमा पुरिएर १८ महिनाकी शिशुसहित दुईजनाको मृत्यु भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण इस्मा गाउँपालिका हस्तिचौरकी १८ महिनाकी शिशु बसन्ता सारु र सृजना खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक केदारराज पन्तले जानकारी दिए ।

पहिरोमा पुरिएर एक जना बेपत्ता भएका छन् । इस्मा गाउँपालिकामा र मुसिकोट नगरपालिकाका विभिन्न स्थानहरुमा पहिरो गएको छ । त्यस्तै मुसीकोट नगरपालिका वार्ड नंम्बर २ का विभिन्न स्थानमा पहिरोले क्षति पुर्‍याएको छ ।

पात्लाकोट, खस्कोट, देउराली, दुर्लुङमा एक दर्जन भन्दा बढी घर गोठ र पशु चौपायालाई बगाएको छ । पहिरोको कारण सडकहरु अवरुद्ध हुँदा उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ । यता स्याङ्जाको ज्याग्दी खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।

चापाकोट नगरपालिका ४ का ४१ वर्षीय तील बहादुर ढुङगानाको विरुवा गाउँपालिका गैह्रीरह स्थित ज्याग्दी खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । खोलामा पौडी खेल्ने क्रममा उनलाई बगाएको थियो । प्रहरीले करिब २ किलोमिटर टाढा बाट उनको शव फेला पारेको छ ।

प्रतिक्रिया दिनुहोस्