एनआईसी एशिया लघुवित्तको आइपीओ शनिबार नै बाँडफाँड हुने

काठमाडौं, १९ असार । एनआईसी एशिया लघुवित्तले सर्वसाधारणमा बिक्री गरेको आइपीओ असार २० गते शनिबार नै बाँडफाँड हुने पक्का भएको छ । लघुवित्तले आईपिओ विहान साढे ९ बजे बाँडफाँ गर्ने जनाएको छ । लघुवित्तको बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा बाँडफाँड गर्न लागेको हो । यस अघि आइतबार बाँडफाँड गर्ने कार्यक्रम तय भएको थियो । तर अर्को साता दुई कम्पनीको आईपिओ निष्कासनको क्रममा रहेकाले शनिबार नै आईपिओ बाँडफाँड परेको सानिमा क्यापिटलले जनाएकोछ ।
लघुवित्तले निष्काशन गरेको आइपीओमा ४ लाख १४ हजार १८० लगानीकर्ताबाट २ अर्ब ३० करोड ६५ लाख ३९ हजार रुपैयाँ बराबरको २ करोड ३० लाख ६५ हजार ३९० कित्ता शेयर खरिदको लागि आवेदन परेको थियो । जसमध्ये ३ लाख ९७ हजार ७४१ वटा योग्य आवेदन परेको सानिमा क्यापिटलले जनाएको छ ।
असार १० गतेदेखि १४ गतेसम्म ४४ लाख ४३ हजार २०० कित्ता शेयर बिक्री गरेको थियो । पछिल्लो तथ्याँक अनुसार लघुवित्तको आइपीओमा आवेदन गर्ने सबैजना आवेदकले न्युनतम १० कित्ता शेयर पाउने निश्चित छ भने बाँकी भाग्यमानी ४६ हजार ५७९ लगानीकर्ताले गोलाप्रथाबाट थप १० कित्ता शेयर पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्