सनराइज बैंकद्वारा श्वेता खड्काको फाउण्डेशनलाई ५ लाख सहयोग

काठमाडौं, असार १९ । सनराइज बैंकले सिन्धुपाल्चोकको भुकम्प पीडित माझीहरुलाई एकिकृत बस्ती निर्माण गर्दै आएको श्वेताश्री फाउण्डेशनलाई रु. ५ लाख सहयोग गरेको छ । शुक्रबार एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले श्वेताश्री फाउण्डेशनलाई चेक हस्तान्तरण गर्दै फाउण्डेशनले गरेको कामको प्रशंसा गरे । बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त परोपकारी फाउण्डेशनलाई सहयोग गरेको जनाएको छ ।

यस्तै नायिका श्वेता खड्काले फाउण्डेशनलाई विश्वास गरेकोमा सनराइज बैंक प्रति कृतज्ञता जनाइन् ।

उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृतले बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको र विश्वब्यापी कोभिड १९को कठिन घडिमा पनि यस्ता कार्य गर्दै आएको बताए । शर्माले आगामी दिनमा पनि अन्य सामाजिक कार्यहरु गरिरहने जनाए ।

सो फाउण्डेशनले स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठको सम्झनामा वि.सं २०७३ फाल्गुन १५ देखि सिन्धुपाल्चोकको माझी बस्तीमा कुल ५३ आधुनिक र सुविधा सम्पन्न घरहरु निमार्ण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्