नेकपा स्थायी कमिटिको वैठक आज पनि बस्दै, साम्य होला त विवाद ?

काठमाडौं । नेकपा स्थायी कमिटिको वैठक आज पनि वस्दै छ । प्रधानमन्त्री निवास वालुवाटारमा बिहान ११ बजे स्थायी कमिटी बैठक डाकिएको छ ।

वैठक आघि पार्टीका दुई अध्यक्ष फेरि एकपटक बसेर समझदारी गर्ने तयारीमा रहेको वताइएको छ ।

स्थायी कमिटीका ४४ मध्ये कम्तिमा ३० सदस्य प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने पक्षमा छन । अध्यक्ष प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालले पनि स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीले राजनीनामा दिनुपर्ने अडानमा छन ।

प्रधानमन्त्री ओलीले आकस्मिक रूपमा संसद अधिवेशन अन्त्य गरेपछि त्यसले नेताहरुवीच झनै ठूलो तरंग पैदा गरेको छ ।

ओलीले संसद अधिवेशन अन्त्य गरेर पार्टी फुटाउन सहज हुने गरी अध्यादेश ल्याउन लागेको आशंका नेताहरुले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्