एनआईसी एशिया लघुवित्तको आइपीओ बाँडफाँड, तपाईलाई कति कित्ता पर्याे ?

काठमाडौं, २० असार । एनआईसी एशिया लघुवित्तले सर्वसाधारणमा बिक्री गरेको आइपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा आजै बिहान बाँडफाँड भएको हो ।

लघुवित्तको आइपीओमा आवेदन गर्ने सबैजना योग्य आवेदकले न्युनतम १० कित्ता शेयर पाएका छन् भने बाँकी भाग्यमानी ४६ हजार ५७९ लगानीकर्ताले गोलाप्रथाबाट थप १० कित्ता शेयर पाएका छन् ।

आईपीओको नतिजा हेर्न सम्बन्धीत कम्पनी एनआईसी एशिया लघुवित्त छनौट गरि हितग्राही खाता नम्बर १६ अंकको डिम्याट नम्बर राखेर आफुलाई आईपीओ पर्यो कि परेन हेर्न सकिन्छ । लघुवित्तको आईपीओ ३ लाख ९७ हजार ७४१ वटा योग्य आवेदन परेको सानिमा क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्