सलहको आतंक : मकै बालीमा पाँच करोड क्षति, नियन्त्रणका लागि पहल थाल्न आग्रह

काठमाडौं, असार २० । भारतबाट नेपाल प्रवेश गरेको सलह किराले कृर्षिमा निकै क्षेति पुर्याएको छ । सलह कीराले नेपाली किसानको खेतीबाली नोक्सानी गरेको छ ।
खेतीबाली नोक्सानी गरेको भन्दै फोरएच नेपालले किसानलाई क्षतिपूर्ती उपलब्ध गराउन नेपाल सरकार तथा कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग माग गरेको छ ।

फोर एच नेपालदवारा जारी गरेको प्रेस नोटमा भनिएको छ, कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सलह कीरा नियन्त्रणका लागि पर्याप्त समय हुँदाहुँदै पनि प्रभावकारी कदम नचाल्दा किसानले ठूलो नोक्सानी ब्यहोर्नु गरेको उल्लेख गरेको छ ।

सलह कीरा नियन्त्रणका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले २०७७ साल जेठ १३ गते गठित सलह कीरा नियन्त्रणसम्बन्धी प्राविधिक कार्यदलले दिएको सुझाव नमानेर उल्टै नेपालमा मनसुन भएकाले नेपालमा कम प्रभाव पर्ने सरकारी आँकलनको कारण सलह कीराले ठूलो क्षति तथा नोक्सानी गरेकोे ठम्याइ फोर एच नेपालको रहेको छ ।

उक्त प्रेस नोटमा २०७७ असार १५ गते कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सलह कीराको पहिचान तथा व्यवस्थापन जानकारी अधुरो, अपूर्ण र अव्यवहारिक रहेको उल्लेख गरेको छ ।

साथै, तयारीका लागि प्रशस्त समय हुँदाहुँदै पनि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अन्तरमन्त्रालय समन्वय तथा स्थानीय निकायसँगको सहकार्यमा चुकेको जनाएको छ ।

फोर एच नेपालका अध्यक्ष लोकराज अवस्थीद्वारा हस्ताक्षरित उक्त प्रेस नोटमा सलह कीराले गरेको क्षति तथा नोक्सानको एकिनका लागि विज्ञसहितको सर्वपक्षीय समिति गठन गर्न माग गरिएको छ ।

यता अर्घाखाँची  जिल्लामा १० हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको मकै बाली सलहले नष्ट गरेको छ । छ दिनयतादेखि सलहले खेतबारी नछाडेपछि स्थानीयवासी हैरान भएका छन् । जिल्लाका केही भागमा सलह नियन्त्रणमा आए पनि शीतगङ्गा नगरपालिकामा नियन्त्रणमा आउन सकेको छैन ।

वडा नम्बर ७ का जलुके, जुवाकोटलगायत क्षेत्रमा नौ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको मकै पूर्ण रुपमा नष्ट भएको वडाध्यक्ष मोहन पन्थीले जानकारी दिए । जिल्लाका सबै क्षेत्रमा गरी १० हजार रोपनीभन्दा बढी क्षेत्रफलमा लगाइएको मकै पूूर्णरुपमा र केही भागमा आंशिक क्षति पुग्दा करिब रु पाँच करोड नोक्सान भएको जनाइएको छ । शीतगङ्गा– १० सिद्धाराको दुम्सीलगायत क्षेत्रमा पनि सलहले मकै बाली पूूर्णरुपमा नष्ट गरेको वडाध्यक्ष हिम्मत पोख्रेलले बताए ।

बसन्धिखर्क र भूमिकास्थान नगरपालिका तथा छत्रदेव, मालारानी र पाणिनि गाउँपालिका सबैतिर सलहले क्षति पुर्याएको कृषि ज्ञान केन्द्रका कृषि प्राविधिक निमबहादुर आचार्यले जानकारी दिए ।
सँगै, किसानलाई तोकिएको अग्रीम मूल्य अनुसार तथा उचित क्षतिपूर्तिको व्यवस्थापन गर्न र बैकल्पिक खेतीका लागि किसानलाई आवश्यक प्रविधि, मल, बीउबीजन उपलब्ध गराउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग माग गरिएको छ ।

किसानलाई सलह नियन्त्रणका लागि पम्परागत विधिहरु अपनाई स्थानीय श्रोतसाधनको बढी भन्दा बढी उपयोग गर्न तथा सामुहिक रुपमा सलह कीरा नियन्त्रणका लागि सहकार्यका लागि किसनाहरुलाई अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्