बझाङमा पहिरो(अपडेट)- पुरिएरका चारजनाको मृत्यु, तीनजना अझै बेपत्ता

काठमाडौं, असार २० । बझाङमा पहिरोमा परेर बेपत्ता भएका सातजनामध्ये चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकै परिवारका तीनजना छन् ।

४६ वर्षीया राममतीदेवी जेथारा, उनका ११ वर्षीय छोरा प्रियाग जेथारा र सात वर्षीया छोरी अस्मिता जेथाराको शव पहिरोले पुरिएको अवस्थामा शनिबार भेटिएको हो ।त्यसैगरी, ८० वर्षीय दले जेथाराको शव पनि पहिरोले पुरिएको अवस्थामा फेलापरेको छ ।

पहिरोमा पुरिएका तीनजना अझै बेपत्ता छन् ।उनीहरुको खोजी भइरहेको जनाइएको छ ।जिल्लाको केदारस्युँ गाउँपालिकामा शुक्रबार राति गाउँमाथिबाट गएको पहिरोले वडा नम्बर–८, मल्लेसका १७ घर बगाएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्