आज थपिएका संक्रमित, कुन जिल्लामा कति ? (सुचिसहित)

काठमाडौं, असार २० । नेपालमा शनिबार थप २३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले शनिबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

कहाँ कति थपिए ?

डा गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा १ सय १४ जनामा कोरोना पुष्टि भएको छ । उनीहरु मध्ये अछामका ३७ जना, डडेल्धुराका ३ जना, डोटीका ३ जना, गुल्मीका ९ जना, अंचनपुरका ६ जना, नवलपरासीका ४ जना, पाल्पाका १६ जना, प्युुठानका ६ जना, रुपन्देहीका ४ जना, सर्लाहीका १६ जना र सिन्धुपाल्चोकका १२ जना रहेका छन् ।

यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ७ जनामा कोरोना पोजेटिभ आएको छ । उनीहरु मध्ये मोरङका एकजना र सिराहाका ६ जना रहेका छन् ।

यस्तै कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा ७ जनामा कोरोना पोजेटिभ आएको छ । उनीहरु मध्ये इलामका एकजना, झापाका एकजना र मोरङका ५ जना छन् ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा ४ जनामा पोजेटिभ आएको छ । उनीहरु सबै जना झापाका हुन् ।

यस्तै गजेन्द्र नारायण सिंह अस्पताल राजविराटमा गरिएको परीक्षणमा ५१ जनामा पोजेटिभ आएको छ । उनीहरु मध्ये सप्तरीका ३६ जना र सिराहाका १५ जना रहेका छन् ।

डा गौतमका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा १५ जनामा कोरोना पोजेटिभ आएको छ । उनीहरु सबै धनुषाका हुन् । यस्तै भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १३ जनाको कोरोना पोजेटिभ आएको छ । उनीहरु मध्ये चितवनका ६ जना र नवलपरासी पुर्वका ७ जना छन् ।

प्रादेशिक क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा ८ जनामा कोरोना पोजेटिभ आएको छ । उनीहरु मध्ये बाग्लुङका ३ जना, म्याग्दीका ३ जना, स्याङ्जाका एकजना र तनुहँका एकजना रहेका छन् ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा ५ जनामा पोजेटिभ आएको छ । उनीहरु मध्ये पाल्पाका ३ जना र प्युठानका २ जना रहेका छन् ।

यस्तै भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा ७ जनामा पोजेटिभ आएको छ । उनीहरु मध्ये बाँकेका ५ जना र रोल्पाका २ जना रहेका छन् । यस्तै दैलेख प्रयोगशालामा दैलेखका एकजनामा पोजेटिभ आएको छ ।

योसँगै कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्