लघुवित्तको आइपीओको आजबाट बिक्री खुल्यो

काठमाडौं २१,असार । साधना लघुवित्तको ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको आइपीओ आज आइतबारबाट बिक्री खुला भएको छ । कम्पनीले १०० रुपैयाँ दरको ७ लाख ७ हजार ८०० कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमध्ये ०.५०% अर्थात १० हजार ८९० कित्ता कर्मचारीलाई छुट्याइएको छ । यस्तै, ५५ अर्थात ३५ हजार ३९० कित्ता सामूहिक लगानी कोषलाई दिइएको छ । बाँकी रहेको ६ लाख ६१ हजार ५२० कित्ता सर्वसाधारणमा खुला भएको हो ।

यसमा लगानीकर्ताले न्यूतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । यो आइपीओ असार २४ गतेसम्म आवेदन दिन सकिने यस अवधिमा सबै आइपीओ बिक्री नभएमा साउन ४ गतेसम्म बिक्री खुला हुनेछ । यसमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिन्छ । मेरो सेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।

यस कम्पनीको यस आइपीओलाई केयर रेटिङ नेपालले औषतभन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । हाल साधनाको चुक्ता पुँजी १४ करोड ६० लाख रुपैयाँ छ ।

गोरखा जिल्लाको हरमटारीमा केन्द्रिय कार्यालय रहेको राष्ट्रियस्तरको यस लघुवित्तको आइपीओ निष्कासनपछि चुक्ता पुँजी २१ करोड ६७ लाख ८० हजार रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्