शुल्क बुझाउन विद्यालयको ताकेता , अभिभिवाक भन्छन् -हाम्रा बच्चा स्कुल गएका छैनन् कसरी बुझाउनु

पार्वती पाठक, काठमाडौं, असार २१ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि मुलुकमा गरिएको लकडाउनको आज १सय ४ दिन पुरा भएको छ । सरकराले नेपालमा दोस्रो कोरोना संक्रमित देखिएलगत्तै यसको रोकथाम तथा नियन्त्रणका लागि भन्दै गत चैत्र ११ गते देशव्यापी रुपमा लकडाउनको घोषणा गरेको थियो । असार १ गतेदेखि लकडाउनलाई केही खुकुलो बनाइए सँगै अहिले जनजिवन केहि सहज हुनुका साथै आसपासका क्षेत्रका बजारमा सर्वासाधारणको चहलपहल बढ्न थालेको छ । कोरोनाको कारणले सुनसान रहेको बजारमा चहल पहल बढे पनि ब्यापार भने खासै नभएको व्यापारीहरु बताउछन। । यसरी जारी गरेको लकडाउनमा करिव तीन महिनासम्म अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण गतिविधि बन्द रहेको थियो ।

तीन महिनासम्म लकडाउन हुँदा व्यवसाय नै धरासायी भएको हुन पुगेको थियो । यता सरकारले पनि व्यवसायीको लागि छुटै राहतको व्यवस्था नगरेको भन्दै व्यवसायीहरुले लकडाउनको मोडालिटी परिर्वतन गरेर बजार खुल्ला गर्नु पर्ने माग राखेका थिए ।यसरी व्यवसायीले सरकारको अनुमति विना व्यवसायी आफैले पसल खुल्ला गर्न थाले पछि सरकारले गत जेठ २८ गतेदेखि सम्पूर्ण उद्योग, व्यापार र सम्पूर्ण पसल खुल्न दिने निर्णय गरेको थियो । यो मोडालिटीलाई पुनः साउन ७ गतेसम्म कायम राख्ने निर्णय सरकारले गरेको छ ।

शुल्क बुझाउन विद्यालयको ताकेता

सरकारको निर्णय विपरीत निजी विद्यालय सञ्चालकहरुले ‘लकडाउन’ अवधिको पनि शुल्क बुझाउन अभिभावकलाई उर्दी जारी गरेका छन् ।निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एन–प्याब्सन) ले आइतबार संयुक्त रुपमा शुल्क तिर्न अभिभावकलाई उर्दी जारी गरेका हुन् ।निजी विद्यालयहरुले कोरोना भाइरसको संक्रमण फैलने त्रासमा चैत्र महिनादेखि नै बन्द गरेका छन् । सरकारले चैत महिनाको शुल्क नलिन विद्यालयहरूलाई भनेको छ भने त्यसपछि पनि अनलाइन कक्षाको समेत शुल्क लिन नपाइने प्रष्ट निर्देशन दिइसकेको छ । तर कोरोना महामारीका कारण अत्यन्तै जटिल अवस्थामा पुगेको तर्क गर्दै विद्यालय सञ्चालकहरुले शुल्क तिर्न अभिभावकहरूलाई ताकेता गरेका हुन् । लकडाउनले गर्दा विद्यालयको आम्दानी शून्य भएको, देशभरी करिब दुई लाख शिक्षक–कर्मचारीको जीवनयापन कठिन भएको छ ।

अहिले बच्चाहरु आ–आफ्नै घरमा छन् । स्कुल कलेज खोल्ने हो वा के हुने हो पत्तो छैन । तर केही स्कुल कलेज हरुले भित्र भित्रै शुल्क बुझाउन अभिभावकलाई ताकेता गरेको छ । सरकारले पनि ठोस निर्णण गरेको छैन । शिक्षकहरु तलवको लागि सडक संघर्षमा छन् । कतिपय स्कुलले चोर बाटोबाट शुल्क उठाएको कुरा आएको छ । त्यसमा प्याब्सनले आपत्ति जनाइसकेको छ । सरकारले तत्काल ठोस निर्णय निकाल्न आवश्यक छ । मुलुक बन्दाबन्दीमा भएकाले सबै पक्ष समस्यामा छन् । यसलाई मध्यनजर गर्दै सरकारले राहतको पयाकेज ल्याई यो जटिल समस्यालाई समाधान गर्नुको विकल्प छैन ।

सरकारको आलोचना

यति मात्रै होइन लकडाउनका कारण अस्तव्यस्त बनेको परिस्थितिलाई प्रभावकारी रुपमा सम्वोधनसमेत गर्न नसक्दा सरकारको आलोचना पनि त्यत्तिकै भइरहेको छ । केहि दिन मात्रै काठमाडौ.का सडकमा सरकार बिरुद्ध प्रदर्शन गरिएको थियो । युवा, विद्यार्थी तथा सामाजिक अगुवाले संक्रमणको त्रास र लकडाउनमै पनि विरोधस्वरुप शान्तिपूर्ण प्रदर्शन गरेका थिए ।

क्वारेन्टाइन र आइसोलेसन व्यवस्थापनमा सरकार चुकेको कतिपयको बुझाइ छ । सरकारले महामारी नियन्त्रण र व्यवस्थापनमा पहल गरिरहेको भएपनि जनताबाट गुनासो दिनान’दिन आउने क्रमै छ । कोरोना भित्रिएको लामो समय बितिसक्दासमेत समयको सदुपयोग नगरिएको र दीर्घकालीन योजना नबनाउँदा लकडाउनको औचित्य नै गुमेको कतिपएको ब’झाइ छ . । क्वारेन्टिनमा बस्नेको सङ्ख्या घट्दै गएको तर, होम क्वारेन्टिनमा बस्नेको सङ्ख्यामा वृद्धि भएको छ । क्वारेन्टिनमा बस्नेको सङ्ख्यामा कमी आए पनि होम क्वारेन्टिनमा बस्नेको सङ्ख्यामा भने वृद्धि भएको छ ।

कतिपय स्थानमा कोरानाको लक्षण देखा परेकालाई जाँच नै नगरी घर पठाइएको छ । सरकार स्वाब परीक्षणको दायरा बढाउने भन्छ तर क्वारेन्टाइनमै बसेकाको समेत समयमा परीक्षण भइरहेको छैन । यसरी कोरोना बढ्ने सम्भावना झन बढ्ने देखिन्छ । सरकार अझैपनि संक्रमण रोकथाम र परिस्थिति व्यवस्थापनकै अलमलमा देखिएको छ । नीजि विद्यालय, होटल व्यवसायी, यातायात व्यवसायीलगायतले आफूहरुको समस्या समाधानका लागि सरकारलाई कुरिरहेका छन् । अझै पनि कोरोना महामारीले अन्य देशमा जस्तो नेपालमा मृत्युदर बढेको छैन सरकारले प्रभावकारी कदम चाल्न तिर ध्यान दिन जरुरी रहेको आम सर्वसाधारणको भनाइ छ ।

तलब माग गर्दै सकडमा शिक्षक

लकडाउनका कारण देशभरका विद्यालय बन्छ छन् । यसरी बन्द हुदा उनीहरुको जनजिवन पनि दनिय बनेको छ । यता निजी विद्यालयमा कार्यरत शिक्षकले आफूले पाउनुपर्ने तलब माग गर्दै प्रदर्शन गरेका छन्। लकडाउन सुरु भएदेखि तलब नपाएको भन्दै उनीहरुले सरकारले घोषणा गरे अनुसारको पारिश्रमिक आफू कार्यरत विद्यालयबाट पाउनुपर्ने माग गर्दै सडकमा निस्किएका हुन्।

शिक्षकले लकडाउन अवधिमा समेत विद्यालयको काम गरे पनि सरकारले घोषणा गरे अनुसारको पारिश्रमिक नपाएको गुनासो गरेका छन्। उद्योग, पसल, कार्यालय तथा विद्यालयमा कार्यरत मजदुरलाई मासिक रुपमा दिँदै आएको पारिश्रमिक सम्बन्धित कार्यालय वा संस्थाले दिनुपर्ने निर्णय सरकारले गरेको बताउँदै उनीहरुले पारिश्रमिक नपाउँदा खान, लाउन समस्या भएको बताएका छन भने । अवस्था दिन प्रतिदिन दयनीय बन्दै गएको छ। सरकारको निर्णयलाई अटेर गरेर पारिश्रमिक नदिए सशक्त आन्दोलनमा उत्रिने चेतावनी निजी तथा आवाशिय विद्यालयमा कार्यरत शिक्षकले दिएका छन् ।सरकारले आफ्ना समस्याको हल गनु पर्ने उनीहरुको भनाइ रहेको छ ।

यता अभिभावकले पनि अहिले नै शुल्क कसरी दिने भन्ने प्रश्न गरेका छन् । उनीहरुले विद्यालय नै बन्द रहेको र आफ्ना बच्चा स्कुल नै नगएको अवस्थामा हामीले कसरी शुल्क दिने भन्ने प्रतिक्रिया दिएका छन् । यस विषयमा सरकराले ध्यान निद आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्