ओली–प्रचण्डको छलफल सकियो: निस्किएन निष्कर्ष , आ–आफ्नै अडानमा यथावत्

काठमाडौं, असार २१ । सत्तारुढ नेकपा भित्र जारी विवाद मिलाउन दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको वार्ता सम्पन्न भएको छ ।साक्षीसमेत रहेर दुवै पक्षबीच छलफल भएको थियो । बैठक भर्खरै सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको वार्ता आज पनि निष्कर्षमा पुग्न नसकेको बताइएको छ ।भोलि पुनः छलफल हुने गरी आजको वार्ता टुंग्याइएको हो । वार्तामा दुबै पक्षले आआफ्नो अडान दोहोर्याइएको बताइएको छ ।

प्रधानमन्त्री एवं अध्यक्ष ओलीले दुबै पद नछाड्ने अडान दोहोर्याउँदा अर्का अध्यक्ष प्रचण्डले अब हठले पार्टी नचल्ने प्रष्ट पार्नु भएको बताइएको छ ।भोलि बस्ने स्थायी कमिटी बैठकअघि फेरि छलफल गर्ने बताइएको छ । दुईजना अध्यक्षबीच देखिएको विवादका कारण स्थायी कमिटीको बैठकसमेत भोलिसम्मका लागि स्थगित भएको छ ।

प्रधानमन्त्री ओलीले दूतावासले आफूलाई हटाउन लागेको र त्यसमा आफ्नै पार्टीका नेताहरुसमेत संलग्न रहेको बताएपछि विवाद थप पेचिलो बनेको थियो ।पछिल्लोपल्ट नेकपामा देखिएको विवाद फुटको संघारमा पुगेको छ।

प्रतिक्रिया दिनुहोस्