नागरिक लगानी कोषले चन्द्रागिरि हिल्सको आईपीओको प्रत्याभूति गर्ने

काठमाडौं । चन्द्रागिरि हिल्सको आईपीओको प्रत्याभूति नागरिक लगानी कोषले गर्ने भएको छ । नागरिक लगानी कोषले चन्द्रागिरि हिल्सले निष्कासन गर्न लागेको साधारण सेयर (आईपीओ) को प्रत्याभूति गर्ने भएको हो ।

कोष र चन्द्रागिरि हिल्सबीच स्थानीय बासिन्दा एवं सर्वसाधारणमा सेयर निष्कासन एवं प्रत्याभूति नियुक्ति गर्नेसम्बन्धी सम्झौतामा आइतबार हस्ताक्षर भएको छ ।

उक्त प्रत्याभूतिमा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र चन्द्रागिरि हिल्सको तर्फबाट कम्पनीका महाप्रबन्धक अभिषेकविक्रम शाहले हस्ताक्षर गरे । कोषले चन्द्रागिरि हिल्सको १८ लाख ४० हजार ९ सय १० कित्ता सेयरको १८ करोड, ४० लाख ९१ हजार रुपैयाँबराबरको सेयर प्रत्याभूत गर्ने सम्झौता भएको हो ।

चन्द्रगिरि हिल्सले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्