काठमाडौं उपत्यकामा ३० जना संक्रमित थपिए, कुन जिल्लामा कति ? (विवरणसहित)

काठमाडौं, असार २१ । नेपालमा आइतबार थप २९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । पछिल्लो २४ घण्टामा ४ हजार ७१० जनामा कोरोना परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ । यता पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३० जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २७ जना, ललितपुरमा २ जना र भक्तपुरमा एक जना संक्रमित देखिएका छन्।हालसम्म उपत्यकाका काठमाडौंमा १३० जना, ललितपुरमा १९ र भक्तपुरमा २९ जना संक्रमित देखिएका छन्।उपत्यकामा कहाँ कोरोना संक्रमित थपिएका हुन् भन्ने विवरण स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छैन।

कहाँ कति थपिए ?

डा गौतमका अनुसार कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा झापाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा पाँचथरका एकजना ताप्लेजुङका २ जना र मोरङका २ जना संक्रमित भएका छन् ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका २७ जना सिराहाका एकजना र महोत्तरीका १२ जना रहेका छन् ।नारायणी अस्पतालमा गरिएको परीक्षणमा वीरगंजमा पर्साका एकजनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।यस्तै राष्ट्रिय जनस्वासथ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा अर्घाखाँचीका एकजना, बैतडीका ३ जना,

कैलालीका १४ जना, कपिलवस्तुका एकजना, काठमाडौंका ५ जना नुवाकोटका एकजना, रौतहटका २ जना, सल्यानका एकजना र सर्लाहीका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यस्तै भरतपुरका अस्पताल चितवनमा गरिएको परीक्षणमा मकवानपुरका एकजना, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा रौतहटका २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै वीर अस्पताल काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका एकजना, वित्रि शिक्षण अस्पताल महाराजगंजमा अर्घाखाँचीका २ जना, बाँकेका एकजना, बर्दियाका एकजना, काठमाडौंका २१ जना, नुवाकोटका एकजना, सर्लाहीका एकजना, भक्तपुरका एकजना, रामेछापका २ जना, सिन्धुपाल्चोकका २ जना, इलामका एकजना, ललितपुरका २ जना, म्याग्दीका एकजना र धादिङका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा बाग्लुङका एकजना र तनहुँका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका २ जना, लमजुङका एकजना र गोरखाका एकजनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाँचीका एकजना, कपिलवस्तुका एकजना, नलवपरासीका एकजना, प्युठानका ११ जना र रुपन्देहीका एकजना संक्रमित भएका छन् ।

डा गौतमका अनुसार भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा सल्यानका १५ जना, दैलेखका २ जना, सुर्खेतका १० जना, स्याङ्जाका एकजना, बर्दियाका ४ जना संक्रमित भएका छन् । यस्तै दैलेखको प्रयोगशालामा दैलेखका ५ जना र सुर्खेतका २ जना संक्रमित भएका छन् ।

यस्तै चौरजहारी नगरपालिकामा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा रुकुमपश्चिमका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा बाजुराका २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यस्तै डडेल्धुरा अस्पतालको प्रयोगशालामा डडेल्धुराका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा अछामका एकजना, बैतडीका एकजना, डडेल्धुराका ६ जना, डोटीका ३ जना, कैलालीका १३ जना र कंचनपुरमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्