गरगहना परीक्षणमा क्षमता अभिवृद्धि तालीम सम्पन्न

काठमाडौँ, असार २२ । भंसार कार्यालयमा कार्यरत कर्मचारीका लागि सुन, चाँदी, हीरा, बहुमूल्य पत्थर तथा गरगहना परीक्षणमा क्षमता अभिवृद्धि तालीम सम्पन्न गरिएको छ ।

भंसार कार्यालय र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको संयुक्त आयोजनामा ५ दिनसम्म सञ्चालन गरिएको कार्यक्रममा सहभागी कर्मचारीलाई गरगहना परीक्षणमा अपनाउनुपर्ने विधिबारे प्रशिक्षण, यस क्षेत्रमा हुन सक्ने ठगी र पछिल्लो समयमा विकास भएका प्रविधिको प्रयोगसम्बन्धी जानकारी गराइएको थियो ।

विभागका महानिर्देशक सुमन दाहालले नियामक निकायमा यस किसिमको गरगहना सम्बन्धि प्राविधिक तालिम पहिलो पटक उपलब्ध गराएकामा महासंघको सराहजा गर्दै आगामी दिनमा देशभरका अन्य कार्यालयमा प्रशिक्षणको व्यवस्था गर्न भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

वरिष्ठ भन्सार अधिकृत शम्भुप्रसाद मरासिनिले विज्ञको कमिका कारण भंसार जाँचमा जटिल समस्या आईरहेको बेला यस परिक्षण तालिमबाट समस्या समाधान हुने बताउनुभयो ।

महासंघका अध्यक्ष रमेश महर्जनले देश विकासका लागि सरकार र निजी क्षेत्रकाृ सहकार्यको खाँचो औँल्याउँदै तालीमबाट राजस्व अभिवृद्धि र निर्यात प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । नौ कर्मचारी रहेको उक्त तालिमका प्रशिक्षार्थीद्वारा सुनचाँदी तथा गरगहना परीक्षण सम्बन्धी ठूलो ज्ञान पाएको अनुभव सुनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्