नेकपा स्थायी कमिटीको बैठक आज पनि स्थगित

काठमाडौं, २२ असार । विवाद समाधानको लागि आज बस्ने भनिएको नेकपा स्थायी कमिटीको बैठक स्थगित गरिएको छ । नेताहरुबीच आन्तरिक छलफल र सहमतीको प्रयासको लागि भन्दै आगामी बुधबारसम्मका लागि बैठक स्थगित गरिएको हो ।

यसअघि पनि दुई दिनसम्म स्थायी कमिटी बैठक स्थगित गरेर सहमति प्रयास गरिएको थियो । तर ठोस सहमति नभएपछि फेरि पनि बैठक सारिएको नेकपाका एक नताले बताए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनसार अनुसार आज बस्ने भनिएको स्थायी कमिटीको बैठक यही असार २४ गते ११ बजे बस्ने र यसबीचमा नेताहहरु सहमतिको प्रयास जारी रहने छ । सबै किसिमको छलफल हुने छ ।

स्थायी कमिटीका अधिकांश सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि नेकपाभित्र आन्तरिक कलह चुलिएको हो । । प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छाड्न प्रधानमन्त्री ओलीलाई दबाव दिए पश्चात नेकपामा पैरो गएको छ । तर प्रधानमन्त्री ओली भने दुवै पद नछाड्ने अडान लिएका छन् ।

शीर्ष नेताहरुबीच सहमतिको प्रयासमा बैठक र छलफल हुँदै आए पनि सहमति नजीक पुगेको छैन । आज सोमबार बिहान पनि नेकपा अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीसँग छलफल गर्न बालुवाटार पुगेका छन् ।

यसअघि भएका सहमतिका प्रयासमा खासै प्रगति नभएपछि नेकपा फुटको संघारमा पुगेको चर्चा चलेको छ ।
आईतबार साझ मात्र राजदूत हाउ यान्छीले
नेकपाको वरिष्ठ नता माधव नेपाललाई भेटेका थिए ।

प्रतिक्रिया दिनुहोस्