१५ हजार ९६४ पुगे संक्रमित, एकै दिन थपिए १८० जना, सबैभन्दा धेरै काठमाडौंमा

काठमाडौं, २२ असार । पछिल्लो २४ घण्टामा थप १८० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

यससँगै संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ । उनीहरुमध्ये ३५ जनाको मृत्यु भएको छ भने ६ हजार ८११ जना डिस्चार्ज भई घर फर्केको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा २४ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै ललितपुरका २० जना, लमजुङका ११, भक्तपुरका १०, सप्तरी, कैलाली, र कास्कीका ८÷८ जना, गोरखाका ७, बाग्लुङ, सर्लाही र रौतहटका ६÷६ जना, सिन्धुपाल्चोक, नवलपरासी, मकवानपुर, डडेलधुरा र झापाका ५र५ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

प्युठान र काभ्रेका ४÷४ जना, ओखलढुंगा, खोटाङ, चितवन र पाल्पाका ३÷३ जना, सिराहा, सुनसरी, दोलखा, सिन्धुली र दाङका २÷२ जना तथा नुवाकोट, चितवन, बारा, जाजरकोट, जुम्ला, धादिङ, नवलपुर, संखुवासभा, ताप्लेजुङ, अर्घाखाँची र उदयपुरका १÷१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमणबाट निको भई घर फर्किनेको संख्या २६४ रहेको छ । डिस्चार्ज हुनेको कुल संख्या ६ हजार ८११ पुगेको तथांक मन्त्रालयले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्