नेकपाको विवादमा चिनियाँ चासोः राजदूत होउले माधव पछि खनाललाई भेटे

काठमाडौं, २३ असार । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपाका नेता झलनाथ खनालसँग भेटवार्ता गरेकी छन् ।

नेकपाको आन्तरिक विवाद चर्किरहेका बेला भेटवार्ताका लागि राजदूत होउ खनाल निवास डल्लु पुगेकी हुन् । खनाल र राजदूत होउबीच करिब ४५ मिनेट कुराकानी भएको छ ।
कुराकानीका विषय सार्वजनिक नभए पनि राजदूत होउले नेकपाभित्रको शक्ति संघर्षमा चासो राखेको बुझिएको छ ।

उनले यसअघि उनले नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालसँग पनि भेटवार्ता गरेकी थिइन् ।

नेकपा नेताहरूसँगको राजनीतिक भेटवार्ताहरुमा राजदूत होउले एकताबद्ध भएर अघि बढ्न सुझाव दिने स्रा्तल् जनायो । नेपालको आन्तरिक मामिलामा चिनियाँ राजदूतको सक्रियतालाई अनावश्यक चासो दिएको भनि चर्चाका साथै आलोचना हुँदै आएको छ ।

नेकपा स्थायी कमिटीको बैठकमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतम पक्षका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि आन्तरिक संघर्ष चर्किएको थियो ।
ओली पक्षले राजीनामा नदिने बरु नयाँ पार्टी खोल्ने धम्की दिएपछि ओली पार्टीमा ठूलो विवाद उत्पन्न भएपछि नेपालमा विदेशी चासो बढ्दै आएको छ । नेकपाभित्रको विवाद मत्थर हुनुलाई कतिपयले चिनियाँ राजदूतको सक्रियतासँग पनि जोडेर हेर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्