मन्त्रिपरिषदको बैठक बस्दै, आईजीपी छनौट आजै

काठमाडौं, २३ असार । नेपाल प्रहरीकाको नयाँ प्रमुख छनौटलगायत निर्णयको लागि मंगलबार अपरान्ह ४ बजे मन्त्रिपरिषद बैठक बस्दैछ ।
हालका प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबारबाट अवकाश पाउँदैछन् । उनीसँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) तारिणीप्रसाद लम्साल र प्रहरी नायब महानिरीक्षक (डीआईजी) सूर्यप्रसाद उपाध्यायले पनि अवकाश पाउँदै छन् ।
भाग्मानी नयाँ महानिरीक्षक बन्ने दौडमा एआईजी शैलेश थापा क्षेत्री र हरिबहादुर पाल छन् । भाग्यमान यस अर्थमाकी उनीसँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) तारिणीप्रसाद लम्साल र प्रहरी नायब महानिरीक्षक (डीआईजी) सूर्यप्रसाद उपाध्यायले पनि अवकाश पाउँदै छन् । र दोस्रो वरियताकाले अवसर पाएका छन् । थापाको संगठनमा इमान्दार अधिकृतका रुपमा छवि छ भने पाल कमाण्ड कन्ट्रोलकाको छवि राम्रो छ ।
दुवै एआईजीले सरकारले जसलाई महानिरीक्षकमा बढुवा गरे पनि स्वीकार्ने बताएका छन् । त्यसैको छनक दिँदै थापा र पाल सार्वजनिक कार्यक्रममा पनि एकैसाथ जाने गरेका थिए ।
आइजीपी नियुक्तलाई लिएर नेपाल प्रहरी मा ठूलो भईचाले जाने गरेको थियो । तर यस पटकको यस्तो नहुने भएको छ । प्रहरी प्रमुखको लागि कुनै पनि नेताको घरदैलो पनि नचारेको बुझिएको छ ।
प्रहरी प्रधान कार्यालय, नक्सालले भने आईजीपी ज्ञवालीको बुधबार विदाइ कार्यक्रम राखेको छ । सँगै नयाँ आईजीपीको स्वागत कार्यक्रम पनि राखिएको प्रहरी प्रधान कार्यालय, नक्सालले जनाएको छ । देश कै सुरक्षा प्रमुख अंग मानिएको प्रहरी प्रमुखको जिम्मेवार हेरफेर हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्