फेरि बढ्यो सुनको मूल्य प्रतितोला कति ?

काठमाडौँ , असार २३ । सुनको मूल्य मंगलबार फेरि बढेको छ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार सोमबार छापावाल सुन ९० हजार २०० सयमा कारोबार भएकोमा मंगलबार ९० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।

तेजाबी सुनको मूल्यमा पनि सात सय रुपैयाँले बढेर ९० हजार चार सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

सोमबार तेजाबी सुनको मूल्य ८९ हजार सात सय ६० रुपैयाँमा कारोबार भएको थियो। यस्तै चाँदीको मूल्य १० रुपैयाँले बढेर ९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्