साधना लघुवित्तको आइपीओमा १३ गुणा बढीको आवेदन

काठमाडौं २३, असार। साधना लघुवित्तले असार २१ गते आइतबारदेखि सर्वसाधारणमा जारी गरेको आइपीओमा तीन दिनमा साढे १३ गुणा भन्दा बढीको आवेदन परेको छ ।

लघुवित्तको आइपीओ मंगलबार कार्यालयसम्ममा ३ लाख ६८ हजार ९९६ जना आवेदकबाट ९० करोड ८७ लाख ५४ हजार रुपैयाँ बराबरको ९० लाख ८७ हजार ५४० कित्ता शेयर खरिदको लागि आवेदन परेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

आइतबारदेखि प्रतिकित्ता एक सय रुपैयाँका दरले ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो । कर्मचारीहरु र सामूहिक लगानी कोषको लागि छुट्याएर बाँकी रहेको ६ लाख ६१ हजार ५२० कित्ता शेयर सर्वसाधारणमा बिक्री खुल्ला गरेको हो ।

यस लघुवित्तको आईपीओमा असार २४ गतेसम्म आवेदन दिन सकिने छ । आईपीओमा न्यूनतम १० कित्तादेखि एक हजार कित्तासम्म आवेदन दिन सकिनेछ आव्हान पत्रमा उल्लेख छ ।

लघुवित्तको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिन्छ भने मेरो शेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्