भर्नु भयो साधना लघुवित्तको आइपीओ ? आज अन्तिम दिन

काठमाडौं, २४ असार । साधना लघुवित्तको आइपीओ भर्नु भयो ? आपीयओ भर्ने आज बुधबार (असार २४ गते) अन्तिम दिन हो । आज कार्यालय समय भित्र लगानीकर्ताले यसमा आवेदन दिनुपर्नेछ । यस आइपीओमा मंगलकार नै १३ भन्दा बढी आवेदन परिसकेको छ ।

कम्पनीले असार २१ गतेबाट ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ७ हजार ८०० कित्ता आइपीओ बिक्री खुला गरेको थियो । यसमध्ये ०.५०५ अर्थात १० हजार ८९० कित्ता कर्मचारीलाई छुट्याइएको छ । यस्तै, ५५ अर्थात ३५ हजार ३९० कित्ता सामूहिक लगानी कोषलाई दिइएको छ । बाँकी रहेको ६ लाख ६१ हजार ५२० कित्ता सर्वसाधारण्का लागि खुला गरिएको हो ।
यसमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिन्छ । मेरो सेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।

हाल साधनाको चुक्ता पुँजी १४ करोड ६० लाख रुपैयाँ छ । आइपीओ बिक्रीपछि चुक्ता पुँजी २१ करोड ६७ लाख ८० हजार रुपैयाँ पुग्नेछ । यस कम्पनीको यस आइपीओलाई केयर रेटिङ नेपालले औषतभन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ । बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्