नेकपाको स्थायी समितिको बैठक असार २६मा सर्याे

काठमाडौं, २४ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको बस्ने भनिएको स्थायी समितिको बैठक आज पनि स्थगित भएको छ । नेकपामा प्रधानमन्त्री र अध्यक्षका बारेमा आन्तरीक विवाद उपत्पन्न भएपछि समस्या समाधानको लागि बस्ने भनिएको स्थायी समितिको बैठक पटक पटक स्थगन हुँदै आएको छ । आज बस्ने भनिएको सत्तारूढ दल नेकपाको स्थायी समितिको बैठक असार २६ गते ११ बजे सम्मका लागि स्थगित भएको हो

पार्टीमा जारी गतिरोध अन्त्यका लागि दुई अध्यक्ष निरन्तर छलफलमा रहेको र निकास नआइसकेकोले स्थायी समिति बैठक स्थगन गर्न परेको । सहमतीको प्रयास जारी हको एक नेताले बताए । पार्टी एकताका लागि दुई अध्यक्ष मिल्नुपर्ने बताइएपछि ओली र प्रचण्ड आइतबार यता नियमित छलफलमा छन् ।

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टी र सरकार दुबै राम्रोसँग चलाउन नसकेको भन्दै अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधब नेपाल समूहले प्रम ओलीलाई दुबै पद छाड्न दबाब दिदैं आएका छन् ।

जारी स्थायी समितिमा प्रचण्ड(नेपाल समूहका करिब ३० स्थायी समिति सदस्यले प्रम ओलीको राजीनामाका लागि एक स्वर गर्दै आएका छन् ।

आफू विरूद्ध मोर्चाबन्दी कसिएपनि प्रम ओलीले भने कुनै पनि हालतमा दुबै पद नछोड्ने बताउँदै आएका छन् । पार्टी विवाद चर्किदै गएपछि पार्टी एकता भाँडिन नहुने र फुटको बाटोमा जान नहुने आवाज उठेपछि केही दिन यता प्रचण्ड र ओली ुवान टु वानु छलफल गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्