एनआईसी एशिया लघुवित्तको सेयर नेप्सेमा सूचीकृत

काठमाडौं , असार २४ । एनआईसी एशिया लघुवित्तको सेयर नेप्सेमा सूचीकृत भएको छ । लघुवित्तले बुधबार (आज) १ करोड ४८ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत गरेको हो ।

नेप्सेले कम्पनीको सेयर कारोबारको लागि (एनआईसीएलबीएसएल) संकेत प्रदान गरेको छ ।

नेप्सेले लघुवित्तको सेयरको पहिलो कारोबारका लागि ११० रूपैयाँ ४३ पैसा देखि ३३१ रुपैयाँ २९ पैसासम्म पहिलो कारोबार रेन्ज अथवा मूल्य तोकेको छ । यसबीच जनसुकै मूल्यबाट लघुवित्तको सेयर कारोबार हुन सक्नेछ ।

लघुवित्तको सेयर नेप्सेमा सूचीकृत भएसँगै अब दोस्रो बजार कारोबार खुल्ने भएको छ ।

लघुवित्तले असार १० देखि १४ गतेसम्म ४७ करोड ५५ लाख रुपैयाँबराबरको ४७ लाख ५५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो । संस्थापक सेयरसमेत गरे लघुवित्तले एक करोड ४८ कित्ता सेयर नेप्सेमा सूचीकृत गरेको हो ।
फाइल तस्बिर ।

प्रतिक्रिया दिनुहोस्