बुधबार शेयर बजारमा सामान्य गिरावट, कारोबार कति ?

काठमाडौं, असार २४ । बुधबार शेयर बजारमा सामान्य गिरावट आएको छ । पछिल्ला दिन उकालो लागेको बजारमा बुधबार सामान्य अंकले करेक्सन भएको विश्लेषण गरिएको छ ।

कारोबार भने उच्च नै अर्ब माथी रह्यो । उतार चढावबीच बजार परिसूचक नेप्से १० अंकले ओरालो लागेर १३ सय २६ कायम भएर थामियो ।

व्यापार र सामुहिक लगानी कोष सामान्य अंकले हरियो रहे बाहेक अरु समूह रातो रहे ।

जीवन बीमा समूह सबैभन्दा उच्च ६० अंकले ओरालो लाग्यो ।

होटल समूह पनि ४२ अंकले झर्यो । निर्जीबन बीमा, उत्पादनमूलक, लघुवित्त र वाणिज्य बैंक समूह पनि दोहोरो अंकले ऋणात्मक रहे ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ७९ कम्पनीको २९ लाख ७७ हजार कित्ता शेयर १ अर्ब ८ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

यसैबीच, आजै नेप्सेमा एनआइसी एशिया लघुवित्तको १ करोड ४८ लाख कित्ता साधारण सेयर सूचीकृत भएको नेप्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्