अजोड इन्सुरेन्सको आईपीओ खुल्यो

काठमाडौं, २५ असार । अजोड इन्सुरेन्स लिमिटिडले साधरण शेयर (आईपीओ) बिक्रि खुल्ला गरेको छ । बिहीबार (असार २५ गते) बाट ३० करोड रुपैयाँको आइपीओ खुला भएको छ । कम्पनीले १०० रुपैयाँ दरको ३० लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको हो । अजोडले कुल ३० लाख कित्ता आइपीओमध्ये ४५ अर्थात १ लाख २० हजार कित्ता कर्मचारीलाई र ५५ अर्थात १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको छ । बाँकी रहेको २७ लाख ३० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आस्वा सदस्य भएका सबै बैंक तथा वित्तीय संस्थाबाट यसमा आवेदन दिन सकिनेछ । मेरो सेयरबाट पनि सेयर भर्न पाइनेछ । यस इन्सुरेन्सको आइपीओमा छिटोमा असार २९ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा सबै सेयर बिक्री नभए ढिलोमा साउन ८ गतेसम्म आवेदन दिन पाइनेछ । यो आइपीओमा न्यूनतम १० कित्तादेखि १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने कम्पलै जनाएको छ ।

हाल अजोडको अधिकृत पुँजी १ अर्ब र चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ । अजोडको आइपीओलाई केयर रेटिङ नेपालले औषत भन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ । यसमा बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल रहको छ ।

प्रतिक्रिया दिनुहोस्