ग्लोबल आइएमई बैंकद्वारा क्रिकेट रंगशाला निर्माणमा एक करोड सहयोग

काठमाडौं, असार २५ । ग्लोबल आइएमई बैंकले  क्रिकेट रंगशाला निर्माणमा एक करोड सहयोग गरेको छ ।

बैंकले चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई पूर्वघोषित एक करोड रुपैयाँ प्रदान गरेको हो । ग्लोबल आइएमईका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त रकम रुपैयाँ धुर्मुस सुन्तली फाउन्डेसनलाई बुझाएका हुन् ।

गत माघ १९ देखि २७ गतेसम्म आयोजना गरिएको धनधान्याञ्चल महायज्ञमा ग्लोबल आइएमईले रंगशाला निर्माणका लागि एक करोड रुपैयाँ सहयोग रकम घोषणा गरेको थियो ।

उक्त बोलकबोल रकम बुधबार प्राप्त भएको फाउन्डेसनले जानकारी दिएको छ । कोरोना भाइरसको महामारीका बीच पनि विभिन्न संघ संस्थाबाट सहयोग रकम आउने क्रम जारी भइरहेको फाउन्डेसनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्