सिद्धार्थ बैंक र आईएमएस सफ्टवेयरबीच सम्झौता

 

काठमाडौं , असार २५ । सिद्धार्थ बैंक र आईएमएस सफ्टवेयरबीच बिलिङ तथा भुक्तानीसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबन्धक अर्जुनभद्र खनाल र आईएमएस सफ्टवेयरका तर्फबाट प्रबन्ध निर्देशक सन्तोष ताम्राकारले हस्ताक्षर गरेका छन् ।

सम्झौतापश्चात् बैंक र आईएमएस विशेष साझेदारीमा प्रवेश गरेको जनाइएको छ । यो सम्झौताको मुख्य उद्देश्य आईएमएसद्वारा विकसित बिलिङ र भुक्तानी प्रणालीको माध्यमबाट बैंकिङ सेवाहरु विशेष छुटमा उपलब्ध गराउनु रहेको जनाइएको छ ।
तसर्थ यस सम्झौताले बिलिङ तथा भुक्तानी प्रणाली सरल हुने हुँदा ग्राहकलाई विशेष सहयोग पुग्‍ने बैंकले जनाएको छ ।

डिजिटल प्रणालीलाई थप प्राथमिकता दिँदै बैंकले आफ्ना ग्राहकका लागि पोइन्ट अफ सेल टर्मिनल र क्यूआर कोडको सुविधा देशभर विस्तार गरिरहेको छ । यसैगरी, आईएमएसले विभिन्‍न उत्पादन र सेवामार्फत आफ्नो ग्राहकलाई उपयुक्त सफ्टवेयर प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्